नियम ६
कोषमा बुझाउनु पर्ने बीमा शुल्क
(१) बीमालेख अन्तर्गतको भौगोलिक क्षेत्रभित्र पर्न सक्ने जोखिम समूहको दावी तथा सो सँग सम्बन्धित अन्य बीमा जोखिम व्यहोर्नका लागि
सञ्चालक समितिले तोकिदिए बमोजिमको शुल्क सदस्यता प्राप्त बीमकले कोषमा बुझाउनु पर्नेछ ।
(२) नियम ५ बमोजिम कोषको सदस्यता खारेज भएको बीमकबाट कोषको सदस्यता खारेज हुनुअघि कोषमा बुझाउनु पर्ने शुल्क वा रकम असुल गर्न सदस्यता खारेज भएको कारणले मात्र बाधा पुगेको मानिने छैन ।